मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २ शनिबार १०:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक भोलि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २ शनिबार १०:५७:००

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।

पुनर्स्थापित प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा २८ असारमा सर्वोच्च अदालतको परमादेशबाट पुनर्स्थापित भएको हो । सर्वोच्चकै आदेशअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ साउनमा पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छिन् ।

सर्वोच्चकै परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री देउवाले सांसदहरूसँग सुझाव लिने र सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल हुने सचेतक भुसालले जानकारी दिइन् ।