१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बन्चरो प्रहार गरी श्रीमानको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५९:oo

दैलेखको नारायण नगरपालिका– ११ टाटामाखुमा बन्चरो प्रहार गरी श्रीमतीले  श्रीमानको हत्या गरेकी छिन् । ३३ वर्षीया सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्लको बन्चरो प्रहार गरी बिहीबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

घरायसी सामान्य विवाद भएको भन्ने प्रारम्भिक अध्ययनले देखाएको र थप अनुसन्धानका श्रीमती मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारले जानकारी दिए । मृतकका परिवारबाट जाहेरी आएको र थप अनुसन्धानपछि घटनाको जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ ।  
 

ad
ad