१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

श्रीमतीको हत्या गरेर आरोपी जब प्रहरी कार्यालय पुगे...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२९:oo

सन्तोष परियारले मदिराको नसामा निर्घात कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको भनाइ

बुधबार बिहान प्रहरी वृत्त बौद्धमा एक व्यक्ति श्रीमतीको हत्या गरेको भन्दै आफैँ उपस्थित भए । सुरुमा त प्रहरी अधिकारीले उनलाई विश्वास गरेनन्, तर उनले विस्तृतमा बताएपछि डिएसपी राजु पाण्डे उनलाई प्रहरी गाडीमा राखेर घटनास्थल पुगे । श्रीमतीको शरीर चिसो भएकाले मृत्यु भइसकेको हुन सक्ने उनले प्रहरीलाई बताएका थिए ।

काठमाडौं महानगरपालिका– ६ भूगोलडाँडामा डेरा गरी बस्ने सन्तोष परियार श्रीमतीको हत्या गरेर प्रहरी कार्यालय पुगेका हुन् । ‘उनको कोठा खोलेर हेर्दा श्रीमती अनिशा परियार मृत अवस्थामा भेटिइन्,’ डिएसपी पाण्डेले भने, ‘आपसी विवादमा उनले निर्घात कुटेर हत्या गरेका रहेछन् ।’ 

प्रहरीका अनुसार विवाहेत्तर सम्बन्धको विषयलाई लिएर उनीहरूबीच झगडा हुँदै आएको थियो । श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको शंका लागेपछि उनले कोठामा मोबाइल लुकाएर श्रीमतीका कुराकानी रेकर्ड गर्न थालेका थिए । श्रीमतीले एक पुरुषसँग मायाप्रेमका कुरा गरेको मोबाइलमा रेकर्ड गरी पुष्टि गरेका थिए । त्यही विषयमा उनीहरूबीच मंगलबार बेलुका झगडा भएको थियो । मदिराको नसामा आफूले कुटपिट गरेको उनले बताएका छन् । 

हत्या मंगलबार बेलुका नै भए पनि बुधबार बिहान मात्र उनी प्रहरी कार्यालय पुगेका हुन् । प्रहरीका अनुसार अभियुक्त सन्तोषको यो दोस्रो विवाह हो भने अनिशाको तेस्रो । विवाहको सुरुदेखि नै उनीहरूबीच सम्बन्ध राम्रो थिएन । वैदेशिक रोजगारीमा गएर फर्किएका सन्तोषले एक सातादेखि सेक्युरिटी गार्डको काम गर्न थालेका थिए । आफूले सहनै नसकेर श्रीमतीको हत्या गरेको उनले सोधपुछमा बताएका छन् ।

ad
ad