१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २८ सोमबार १७:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २८ सोमबार १७:३७:००

विपक्षी गठबन्धनको बैठक कोटेश्वर*मा सुरु भएको छ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बसेको हो । 

विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चा छन् । बैठकमा कांग्रेसबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला र नेता बालकृष्ण खाण, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन, एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् । 

विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएको थियो । संसद् विघटनपछि विपक्षी गठबन्धनका सांसदहरूले पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकका मागबमोजिम सर्वोच्चले सोमबार फैसला सुनाएको छ ।