१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख २० बिहीबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेका तीन सांसद फेरि निलम्बित

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२४:oo

नेकपा एमाले कर्णाली प्रदेशका तीनजना सांसद निलम्बनमा परेका छन् । एमाले संसदीय दलको पत्रका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले शुक्रबार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तीन महिनाका  लागि निलम्बलन गरेको हो । एमाले संसदीय दलको पत्रका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले एक महिनाका लागि उनीहरूलाई निलम्बलन गरेको संसद सचिवालयले जनाएको छ ।

एमाले संसदीय दलको बैठकको निर्णयअनुसार थापा, शाही र बुढालाई निलम्बित गरिएको जानकारी सूचना संसद् सचिवालयले जनाएको छ । थापा, शाही र बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । मुख्यमन्त्री शाहीलाई विश्वास मत दिएका थापा भौतिक पूर्वाधारमन्त्री, शाही भूमी, कृषि तथा सहकारीमन्त्री र थापा, उद्योग वन तथा वातावरणमन्त्री रहेका छन् । 

कर्णाली प्रदेश सरकारले बजेट ल्याएको भए पनि एमाले आफ्ना मन्त्री सरकारबाट फिर्ता हुनुपर्ने माग राख्दै ११ दिनदेखि संसद् अवरुद्ध पार्दै आएको छ । यसभन्दा अघि पनि थापा, शाही र बुढालाई एमालेले सांसद पदबाट निलम्बित गरेको थियो । निलम्बित भएका तीनैजनालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो । पुनर्बहाली गरेपछि अहिले पनि थापा, शाही, बुढाविरुद्ध एमालेले सर्वोच्चमा भ्याकेट दर्ता गराएको छ ।

ad
ad