१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रकाशमान, विमलेन्द्र र शशांक फेरि छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५८:oo

कांग्रेस उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा पुगेका छन् । निधि, सिंह र कोइरालाबीच पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

भेटमा प्रतिनिधिसभा विघटनको मुद्दामाथिको बहस, महाधिवेशनको तयारी र नेतृत्व फेरबदलका सन्दर्भमा छलफल भइरहेको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसमा नेताहरूले भेटघाट, छलफल र नेतृत्वका लागि आकांक्षा व्यक्त गरिरहेका छन् । 

कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका सुपुत्रत्रय निधि, सिंह र कोइराला पनि सभापति पदका आकांक्षी हुन् । महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ । 
यसअघि उनीहरूले बानेश्वरस्थित निधिको निवासमा छलफल गरेका थिए । 

ad
ad