मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३० आइतबार ०६:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल विज्ञापन संघले विज्ञापन दिवस मनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३० आइतबार ०६:११:००

विज्ञापन व्यवसायीहरूको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आइतबार पर्ने स्थापना दिवसको अवसर पारेर जेठ ३० लाई एड–डे र जेठ ३० देखि असार ७ सम्म नेपाली विज्ञापन सप्ताह मनाउने भएको छ । आनले विज्ञापनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर नेपाली विज्ञापन सप्ताह मनाउने भएको हो । 

कार्यक्रमअन्तर्गत एड–डेको लोगो सार्वजनिक गर्ने, सोसल साइट र अन्य मिडियाहरूमा लोगो सार्वजनिक गर्ने जनाइएको छ । यसका साथै विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ट व्यतिmत्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरूको नेपाली विज्ञापन उद्योगसम्बन्धी र विज्ञापनले गरेको प्रभावसम्बन्धी भिडियो क्लिपबाट नेपाली स्याटेलाइट टेलिभिजनहरूमा शुभकामना बजाउने जनाइएको छ ।

विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी–व्यवसायी, सञ्चार उद्यमीलाई वेबिनारमार्फत श्रोतासमक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलब्धि र अवसर आदि विषयमा अन्तक्र्रिया गर्ने कार्यक्रम पनि रहेको एड–डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदीप थापाले बताए । 

यस अवसरमा आनले सामाजिक दूरी कायम गर्दै, उच्च सावधानीका साथ भिडभाड नगरी सचिवालय शान्तिनगर, काठमाडौंमा जेठ ३० गते बिहान ११ बजे रक्तदानको आयोजना गर्ने जनाएको छ ।