१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २९ शनिबार
  • Wednesday, 02 July, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७८ जेठ २९ शनिबार ११:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण, शाहीसहित नौ घाइते 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ जेठ २९ शनिबार ११:१३:oo

सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि शुक्रबार राति आक्रमण भएको छ । शाहीसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोकबहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बिसी र खगेन्द्र बजगाईंमाथि अज्ञात समूहले ११ बजे सुर्खेतको करेखोलानजिकै आक्रमण गरेको हो । अज्ञात समूहको आक्रमणबाट घाइते भएको शाही समूहको टोलीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 

सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले बताए । ‘आक्रमणमा संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएकाे छ,’ उनले भने, ‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।’

अज्ञात समूहको आक्रमणमा परी शाहीको टोलीका अधिकांश सदस्य घाइते भएका छन् । शाहीले आफ्नो ज्यानको नै माया मारी कोभिडबाट लाखौँ नागरिक बचाउन लागिरहँदा पनि आफ्नो ज्यान बचाउन नसकिएको सामाजिक सञ्जालमा लेखेका छन् । ‘सतीले सरापेको देश हो भन्थे हो रहेछ,’ उनले भने, ‘अब त यो देशमा नै बस्न मन लागेन । मध्यराति सुर्खेतमा हामीमाथि ज्यान मार्ने हमला भो, म ज्ञानेन्द्र शाही, राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खडका, लोकबहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बिसी,खगेन्द्र बजगाईंको ज्यान बालबाल बच्यो धन्यवाद भगवान् ।’

कोरोना महामारीको वेला शाहीको टोलीले देशका विभिन्न भागमा राहत बाँड्दै आएको थियो । शाहीमाथि सुर्खेतमा भएको यो आक्रमण तेस्रोपटक हो ।