१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ जेठ २७ बिहीबार १५:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिथिला क्षेत्रमा पतिको दीर्घायुको कामनासहित बट सावित्री पर्व मनाइँदै

Read Time : < 1 मिनेट
२०७८ जेठ २७ बिहीबार १५:२३:००

कोरोनाको दोस्रो लहरको निषेधाज्ञाबीच सिराहालगायत प्रदेश २ का जिल्लामा विवाहिता महिलाहरूले बट सावित्री पर्व  मनाइरहेका छन् । पतिको दीर्घायुको कामना गर्दै व्रतालु महिलाहरूले आज बट सावित्री (बरसाई) पर्व मनाइरहेका छन् । नयाँ बस्ती र सिँगार गरेर व्रतालु महिलाहरू वरको रूखमा रातो–पहेँलो धागो बाँध्दै पतिको दीर्घायुको कामनासहित यो पर्व मनाइरहेका छन् । मिथिला क्षेत्रको सिराहा सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाहरूमा व्रतालु महिलाहरूले वरको रूखलाई पुज्ने गर्छन् । 

कोरोनाको दोस्रो लहरको जोखिम हेर्दै कतिपय व्रतालु महिलाहरूले आफ्नो घरआँगनमै वरको रूखको हाँगा ल्याएर पूजापाठ गरिरहेका छन् । सिराहा नगरपालिका ७ की आशा यादवले बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु बढ्ने भएकाले व्रत बसेको बताइन् ।

धार्मिक किम्वदन्तीअनुसार वरको रूखमा व्रह्मा, विष्णु र महादेवको वास हुने भएकाले वरको रूखको पूजा गर्ने प्रचलन रहेको छ । ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको सम्झनामा पनि विवाहित महिलाहरूले जेठ महिनाको औँसीको दिनमा यो पर्व मनाउँदै आएका छन् । विशेषगरी यो पर्व केही वर्षअघिसम्म ब्राह्मण, कायस्थ र सुनार समुदायका महिलाहरूले मात्र मनाउँदै आएकोमा पछिल्लो समयमा अन्य समुदायका महिलाहरूले पनि व्रत बस्न सुरु गरेका सांस्कृतिकविद्को भनाइ छ ।