१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ जेठ २७ बिहीबार ०७:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

३० लाखभन्दा बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ जेठ २७ बिहीबार ०७:०९:००

रौतहटबाट प्रहरीले ३० लाख ७६ हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । बुधबार बिहान परोहा नगरपालिका– ९ रामपुरखापबाट दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार छन् । भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरू प्रहरीको चेकजाँचका क्रममा पक्राउ परेका हुन् । चेकजाँचका क्रममा उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद भएपछि रकमसहित दुवैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । 

‘नेपाल आउँदै गरेका दुई भारतीय युवासँग ३० लाख ७६ हजार रुपैयाँ बरामद भयो, तर बरामद रकमको स्रोत नखुलेपछि हामीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,’ एसपी शाहले नयाँ पत्रिकासँग भने । दुई युवाले सो रकम नाइनलको झोलामा राखेर ल्याएका थिए ।