मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २७ बिहीबार ०६:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उच्च बिन्दुुबाट ओरालो लाग्दै नेप्सेमा सामान्य करेक्सन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २७ बिहीबार ०६:४४:००

नाफा बुुक गर्ने होडबाजीमा विकास बैंक र वाणिज्य बैंकका लगानीकर्ता निराश

नेप्से उच्च बिन्दुमा पुगेर ओरालो लाग्दै करेक्सन भएको छ । बुधबार उच्च बिन्दुमा बढेको नेप्सेमा लगानीकर्ताबीच बढीभन्दा बढी नाफा बुक गर्ने होडबाजी चल्दा बजार करेक्सन हुन पुगेको हो ।

कारोबारको सुरुवातमै नेप्से ३ हजारको बिन्दुुमा पुगेको भए पनि बजार बिस्तारै ओरालो यात्रातर्फ लागेको थियो । बुधबार नेप्से परिसूचक १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ बिन्दुमा रोकिएर बन्द हुन पुगेको छ । 

त्यस्तै, ‘क’ वर्गको कम्पनी सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेर ५ सय २५ दशमलव २८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ समूहका सूचकमध्ये ७ समूहका सूचक नकारात्मक बन्न पुगेका छन् भने ६ समूहका सूचक सकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै गुमाउने समूहमा विकास बैंक, वाणिज्य बैंक, जलविद्युत् कम्पनीका लगानीकर्ता रहेका छन् । मंगलबारसम्म उच्च नाफा आर्जन गर्दै आइरहेको विकास बैंकमा नाफा बुक गर्ने लगानीकर्ता बढी हाबी भएको देखिन्छ । विकास बैंक समूह ४ प्रतिशतले घटेको छ भने फाइनान्स र उत्पादक गत समूहको सूचक भने सकारात्मक रहेका छन् ।  

धेरै घट्ने कम्पनीमा युनाइटेड इदी मर्दी, आरबी हाइड्रोपावर कम्पनीको करिब १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । महालक्ष्मी विकास बैंक, सिने रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंकको ६ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्तामा निराशा छाएको छ ।

उच्च नाफा आर्जन गर्ने कम्पनीमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सो दिन करिब १० प्रतिशतले सर्किट लेभलमा कारोबार हुँदै ९१ रुपैयाँले बढेर प्रतिसेयर मूल्य १ हजार ६ रुपैयाँ पुगेको छ । त्यस्तै, युनाइटेड मोदी, रिद्धि हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गर्न सफल भएका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २१ कम्पनीको ३ करोड १३ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १७ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा नेपाल रि–इन्योरेन्स कम्पनीको ६१ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल इस्योरेन्स कम्पनीको ५१ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।