मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ६ आइतबार
  • Sunday, 20 June, 2021
(रासस/एएनआई) नयाँ दिल्ली
२०७८ जेठ २६ बुधबार १५:१०:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

भारतमा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम

Read Time : < 1 मिनेट
(रासस/एएनआई) नयाँ दिल्ली
२०७८ जेठ २६ बुधबार १५:१०:००

भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको संख्या  एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् । 

लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना संक्रमित भएको देखाइएको थियो । 

त्यसैगरी, त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरूको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।

 मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १२ लाख ३१ हजार ४१५ रहेको छ । 
भारतमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको संख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ । 

पछिल्लो २४ घन्टामा देशभरि कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको संख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ ।