१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २३ आइतबार २२:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ मा महन्थ ठाकुर पक्षका चार मन्त्री बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २३ आइतबार २२:२४:००

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहका चारजना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

आइतबार साँझ मुख्यमन्त्री राउतले ठाकुर पक्षबाट मन्त्री बनेका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा मन्त्रीहरू जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल छन् । 

यससँगै सत्तासमीकरणलाई लिएर विवादमा रहेको जसपाको विवाद प्रदेश २ सम्म पुगेको छ । फुटको सँघारमा रहेको जसपाभित्र केन्द्रमा प्रधानमन्त्री केपी ओलीलाई सहयोग गर्ने वा विपक्षी गठबन्धनलाई सहयोग गर्ने भन्ने विषयमा विवाद हुँदा राजनीतिक रूपमा जसपा विभाजित भइसकेको छ । 

ठाकुर पक्ष पार्टीको पूर्ण सहमतिविना नै ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका थिए । उनले आइतबार मात्रै प्रदेश २ को संसदीय दलको विधान पारित र मुख्यमन्त्री राउतलाई दलको नेता चयन गरेका थिए । त्यसको केही घन्टामा ठाकुर पक्षका चार मन्त्रीलाई समेत बर्खास्त गर्ने निर्णय मुख्मयन्त्री राउतले गरेका छन् ।