१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हुलाकी सडकको सिराहाखण्डमा कालोपत्र सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:२o:oo

हुलाकी सडकखण्डअन्तर्गत सिराहा जिल्लामा कालोपत्र सडक निर्माण सुरु भएको छ । सिराहा सदरमुकामको महावीर चौकदेखि बलान नदी (सिरहा–सप्तरी जिल्लाको सिमाना) सम्मको हुलाकी सडक खण्ड (२९.८८ किलोमिटर)मा ७ मिटर चौडाइमा कालोपत्र सुुरु भइरहेको । ३० सिएम ग्राभेल, १५ सिएम बेस, प्राइमकोट, ट्यागकोट,  ५ सिएम डिबिएम र ५ सिएम आसफाल्ट (४ इन्च कालोपत्रे पिच) निर्माण थालिएको हुलाकी सडक आयोजना जनकपुरले जनाएको छ । ११ मिटरमध्ये अहिले ७ मिटर चौडाइमा कालोपत्र भइरहेको छ । 

जसअन्तर्गत सिराहा नगरपालिका– ७ शिवचौकदेखि औरही गाउँपालिका ५ सुन्दर जनता माध्यमिक विद्यालय छेउसम्म सडकमा कालोपत्र निर्माण सम्पन्न भएको छ । सदरमुकामदेखि औरही गाउँपालिकासम्म करिब आठ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर जयनाथ यादवले बताए ।

९ पुस ०७४ मा ३० महिनाभित्र निर्माण पूरा गर्नेगरी स्वछन्द रोशन महादेव खिम्ती जेभीले १ अर्ब २० करोड (भ्याटबाहेक) मा सम्झौता गरेको थियो । सम्झौताअनुसार सुरुमा काम हुन सकेको थिएन । ३० महिनाको समयभित्र सडक निर्माण कार्यमा करिब ६५ प्रतिशत भौतिक प्रगति पूरा गरेको आयोजना इन्जिनियर यादवले बताए ।

३० महिनाको म्यादभित्र काम सम्पन्न नभएको र कोरोना संक्रमणले लकडाउन भएपछि प्रभावित हुँदा १५ महिना म्याद थप गरिएको भन्दै इन्जिनियर यादवले आगामी भदौसम्म सडक निर्माण पूरा गर्ने गरी ठेकेदारले कम्पनीले काम गरिरहेको बताए । ‘पटक–पटक गरी तीनपटक म्याद थप भएको छ,’ इन्जिनियिर यादवले भने, ‘फेरि पनि म्याद थप गर्नुभन्दा काम सक्न हामीले ताकेता गरेका छौँ ।’

सडक निर्माण भएपछि हुलाकी सडकले यस क्षेत्रमा आर्थिक गतिविधि बढाउन ठूलो भूमिका खेल्ने हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले बताए । ‘एकातर्फ खाल्डाखुल्डी र धुलाम्मे अवस्था अन्त हुन्छ,’ संयोजक यादवले भने, ‘अर्कोतिर आर्थिक गतिविधि बढ्न मद्दत पुग्छ ।’

कमला नदीदेखि बलान नदीसम्म सिराहा नगरपालिका, औरही, बरियारपट्टी, नवराजपुर र भगवानपुर गाउँपालिका गरी सिराहा जिल्लाका चार स्थानीय तह जोडिएको यस हुलाकी सडक निर्माण दशकौँको प्रतीक्षारत योजना रहेको छ ।

यसै खण्डअन्तर्गत सदरमुकामको महावीर चौकदेखि धनुषा जिल्लाको कमला नगरपालिकाको सघारा चौकसम्म सडक निर्माण ढुकुचु कन्स्ट्रक्सनले १९ करोड लागत जारी राखेको छ ।

विद्युतको पोल बाधक
हुलाकी सडकअन्तर्गत कालोपत्र सडक निर्माण भइरहँदा विद्युतको पोल ठाउँठाउँमा बाधक बनेको छ । सडक क्षेत्रभित्र रहेका विद्युत् पोल हटाउन र बस्ती क्षेत्रमा नाला निर्माण गर्न समस्या भएको निर्माण कम्पनीले साइट म्यानेजर शशिकुमार यादवले बताए ।

औरही गाउँपालिकाको गागन नदीदेखि भगवानपुर चौकसम्म सयौँ विद्युत् पोल नहटाउँदा निर्माण अवरोध पुगेको म्यानेजर यादवले बताए । त्यससँगै कतिपय स्थानमा जग्गा अधिग्रहणमा समस्या हुँदा नाला निर्माण ढिलाइ भइरहेको उनले बताए । ‘राष्ट्रिय गौरवको यस सडक क्षेत्रभित्र देखापरेका समस्या पनि सल्टाउने प्रयासमा छु,’ इन्जिनियर यादवले भने, ‘अवरोध पन्छाउन सरोकारवाला कार्यालयसँग निरन्तर समन्वय गरिरहेको छु ।’
 

ad
ad