१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्री पौडेलले ४ बजे बजेट सार्वजनिक गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:३५:oo

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

सरकारले अध्यादेशबाट आगामी आवका लागि पूर्ण आकारको वितरणमुखी बजेट ल्याउने तयारी गरेको छ । अहिले बजेटलाई अन्तिम रूप दिने काम भइरहेको छ । राष्ट्रपतिबाट बजेट अध्यादेश जारी गरेपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन् । 

संघीय सरकारले १५ जेठमा वार्षिक बजेट (राजस्व र व्ययको अनुमान) संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले बजेट अधिवेशन नबोलाई प्रतिनिधिसभा विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेको छ । संसद् नरहेको तथा चुनाव घोषणा भइसकेको अवस्थामा काम चलाउ बजेट मात्रै ल्याउनुपर्ने भन्दै सरकारलाई चौतर्फी दबाब परेको थियो । तर, आमसुझाब र दबाबलाई बेवास्ता गर्दै सरकारले अध्यादेशबाट पूर्ण आकारको वितरणमुखी बजेट ल्याउने भएको छ ।
 

ad
ad