१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कोभिड– १९ रोकथाम र नियन्त्रणमा सारडा ग्रुपको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१o:oo

कोभिड– १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमहरूलाई सारडा ग्रुप तथा यसअन्तर्गतका कम्पनीले विभिन्न सहयोग गरेका छन् । ग्रुपले आइसोलेसन सेन्टर निर्माणदेखि बिरामीलाई निःशुल्क औषधि र खानासमेतको सहयोग गरेको हो । 

मोरङको दुहबी नगरपालिकाअन्तर्गत ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आइसियू भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीका लागि निःशुल्क अक्सिजन र निःशुल्क औषधि उपलब्ध गराउने जिम्मेवारी लिएको ग्रुपले जनाएको छ । त्यस्तै, बिरामीका लागि निःशुल्क प्याकेट फुड र बिरामी कुरुवाहरूका लागि निःशुल्क भोजनको समेत व्यवस्था गरेको जनाइएको छ ।

ग्रुपले नेपाल उद्योग परिसंघमार्फत काठमाडौंमा अक्सिजन प्लान्ट सञ्चालनका लागि सहयोग गर्नुका साथै माडवारी सेवा समितिअन्तर्गत गौशालामा रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनका लागि चार लाख रुपैयाँ नगदका साथै बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको जनाएको छ । त्यस्तै, सिराहाको लाहान नगरपालिकामा बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधि र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रूपमा जिम्मेवारी लिएको जनाइएको छ । साथै, कोभिडका बिरामी र बिरामी कुरुवाका लागि निःशुल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल गरिरहेको ग्रुपले जनाएको छ । 

सारडा ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरूले समेत व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कामहरू गरिरहेको जनाइएको छ । होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई सय थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जनाइएको छ । त्यस्तै, शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आइसियू र आइसोलेसनसहितको कोभिड सेन्टरका लागि ३५ थान बेड उपलब्ध गराएको तथा बिरामीका लागि निःशुल्क अक्सिजन र औषधि उपलब्ध गराइरहेको ग्रुपले जनाएको छ ।

ad
ad