मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ जेठ ८ शनिबार ११:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ जेठ ८ शनिबार ११:४३:००

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  कोरोना संक्रमण भएपछि मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका अध्यक्ष परासरको शनिबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमणले गर्दा उनकी श्रीमती पनि अस्पतालमा उपचार गराइहेकी छिन् । यस्तै भन्सारका अर्का एक एजेन्ट पनि संक्रमणबाट सिकिस्त भएपछि अस्पतालम भर्ना भएर उपचार गराइरहेका छन् ।

 एजेन्ट संघका अनुसार दोस्रो चरणमा विराटनगर भन्सारका आधा दर्जन कोरोना एजेन्ट संक्रमित भइसकेका छन् ।