मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख २७ सोमबार १०:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बिपी प्रतिष्ठानमा मोरङ–सुनसरीका तीन संक्रमितको मृत्यु  

Read Time : < 1 मिनेट
२०७८ बैशाख २७ सोमबार १०:१९:००

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज राति उपचारको क्रममा रहेका तीन संक्रमितको मृत्यु भएको छ ।  इटहरी उपमहानगरपालिका– २ का ५८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार यही वैशाख १९ गते संक्रमित  भएका उनलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, विराटनगर– ८, मोरङका ५६ वर्षीय पुरुषको बेलुका ७ बजे उपचारको क्रममा मृत्यु भएको छ । उच्च रक्तचापका बिरामी उनलाई वैशाख १० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।  

अर्का बिर्तामोड– ५, झापाका ६२ वर्षीय पुरुषको राति १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उच्च रक्तचाप र मधुमेहका बिरामी उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । तीनैजनाको शव व्यवस्थापन गर्ने काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिए । योसँग वैशाख ८ यता मृत्यु हुनेको संख्या २१ पुगेको प्रतिष्ठानले जनाएको छ ।