मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख २१ मंगलबार १०:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा थप पाँच संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ बैशाख २१ मंगलबार १०:२५:००

कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं. ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । संक्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा. खड्काले बताए । 

उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका– ८ का ३०, लेकबेंसी नगरपालिका– ८ का ६८ र पञ्चपुरी नगरपालिका– ११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोमबार पाँच र आइतबार तीनजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा कर्णालीमा पाँच सय ८१ जनाको पिसिआर परीक्षण गर्दा तीन सय ४७ (६० प्रतिशत) र चार सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ८० (४० प्रतिशत) मा कोरोना संक्रमण पुष्टि भएको निमित्त निर्देशक डा. खड्काले बताए । 

त्यस्तै, यस प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका नौ हजार एक सय २८ संक्रमितमध्ये पछिल्लो २४ घन्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६ सय २२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन् । दुई हजार एक सय ९४ संक्रमित प्रदेशका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । रासस