मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १५ बुधबार २०:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल स्काउटका ७५३ स्थानीय तहमा कमिटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १५ बुधबार २०:२८:००

नेपाल स्काउटले देशका सात सय ५३ वटै स्थानीय तहमा स्काउट समिति गठन गरेको छ । स्काउटलाई हरेक विद्यालयसम्म पु¥याउने उद्देश्यले नेपाल स्काउटले सबै स्थानीय तहमा कमिटी गठन गरेको हो । 

नेपाल स्काउटको केन्द्रीय कमिटीले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी समिति घोषणा गरी संयोजकहरूको नामावली सार्वजनिक गरेको हो । स्थानीय स्काउट समितिमा गाउँपालिकामा ११, नगरपालिकामा १३, उपमहानगरपालिकामा १७ र महानगरपालिकामा १९ सदस्य छन् । 

नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले अब प्रत्येक स्थानीय समितिका पदाधिकारी प्रत्येक विद्यालयमा पुग्ने र त्यहाँ अध्ययनरत सबै विद्यार्थीलाई अनिवार्य रूपमा स्काउट सदस्य बनाउने बताए । स्काउटको विस्तारले विद्यार्थीलाई अनुशासित र सक्षम बनाउने बताए । अतिरिक्त क्रियाकलापमा सहभागी हुँदा फरक खालको शिक्षा प्राप्त हुने र सामाजिक सेवामा लाग्ने बताए । 

संयोजक भण्डारीले बन्दाबन्दीमा १५ हजार स्काउट परिचालन गरिएको र कोभिड– १९ का कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न स्काउट अग्रपंक्तिमा रहेको बताए ।  

अहिले देशभरमा ६ हजार विद्यालयका ७५ हजार विद्यार्थी स्काउटमा आबद्ध छन् । अब देशभरका सबै विद्यालयमा पुग्ने स्काउटको लक्ष्य छ । देशभरमा झन्डै ३४ हजार विद्यालय छन् ।