१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२o८१ बैशाख २४ सोमबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण नवलपरासीमा बाबुछोराको निधन

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o८१ बैशाख २४ सोमबार ११:३१:oo

दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोनाका कारण बाबुछोराको निधन भएको छ । मंगलबार बिहान रामग्राम नगरपालिका– ९ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण निधन भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए ।

उनलाई सास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले रुपन्देहीको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा प्रयास गरिए पनि स्थान अभावकै कारण समयमै उपचार नपाउँदा उनको निधन भएको हो ।

मंगलबार बिहान साढे ८ बजेतिरको समयमा उनको निधन भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

दुई दिनअघि मात्रै उनका बुबाको पनि कोरोनाकै कारण घरमै निधन भएको थियो । योसहित पश्चिम नवलपरासीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । 

ad
ad