१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ९ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख ९ बिहीबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन छ : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख ९ बिहीबार १४:४६:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन भएको बताएका छन् । । बिहिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोरोना संक्रमणले देशमा भयावहस्थिती आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नु पर्ने बताएका हुन् ।  

सरकार कोरोना नियन्त्रणमा लाग्नु पर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो  । उनले कोरोनाका कारण कोहि नेपालीले दुःख भोग्नु पर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरे । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्न भन्दा पनि आफ्नो सत्ता जोगाउन लागि परेको नेता सिंहको भनाई छ ।

देशमा भएका अस्पतालहरुको क्षमता बढाउदै लग्नु पर्ने भन्दै उनले भने ‘दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिइसकेको  छ । रोकथामका लागि सरकारले  तत्काल  प्रभावकारी कदम चालोस् ।’ राजधानीका  ठुला अस्पतालहरुमा भएका अक्सिजन प्लान्ट  समेत संचालन हुन नसकेको समाचार सुन्दा अचम्म लागेको भन्दै तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्न समेत सरकारलाई आग्रह गरे ।

अब पनि कोराेना नियन्त्रण र रोकथामका विषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउन सक्ने भन्दै गम्भीरतालाई बुझेर अघि बढ्न सम्बन्धित सबैमा अपिल गरेका छन् ।