१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एयरलाइन्सले हवाई यात्रुको स्वास्थ्य मापदण्डमा थप कडाइ गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१o:oo

कोभिड–१९ को दोस्रो लहर नेपालमा पनि देखिन थालेपछि एयरलाइन्स कम्पनीहरूले स्वास्थ्य मापदण्डलाई थप कडाइ गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत मापदण्डको कडाइमा ध्यान दिन भनेपछि एयरलाइन्सहरूले यात्रु तथा क्याबिन क्रुहरूलाई थप कडाइ गर्ने भएका हुन् । विगतमा लागू गरिएका मापदण्डलाई पछिल्लो समय केही खुकुलो पारिएको थियो ।

एयरलाइन्सले कोभिड–१९ संक्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै वृद्ध, दीर्घरोगी, गर्भवतीलाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेका छन् । मास्क अनिवार्य, जहाजदेखि क्रुसम्मलाई सेनिटाइज गर्ने, ज्वरो जाँच गर्ने र भौतिक दूरी कायम गरेर सुरक्षित गन्तव्यमा पुर्‍याउन एयरलाइन्सले थप कडाइ गर्न लागेका हुन् । 

हवाई यात्रा कोभिड–१९ को संक्रमणका लागि जोखिम कम भएको क्षेत्र भएकाले मापदण्ड कार्यान्वयनमा कडाइ गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘अहिलेको अवस्थामा सबै सचेत र सुरक्षित ढंगले कामकाज अगाडि बढाउनुको विकल्प छैन, आइकाओले भनेका नियमलाई फलो गरेर जानेछौँ,’ पोखरेलले भने । 

विगतदेखि नै कडाइका साथ मापदण्ड तयार पार्नेदेखि लागू गर्नेसम्म काम गरिरहेको र अब दोस्रो लहर सुरु भएकाले बुद्ध एयरले थप कडाइ गर्ने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘हामीले अहिले पनि मापदण्ड कडाइका साथ लागू गरिरहेका छाैँ, अझै प्रभावकारी ढंगले लागू गर्नेछौँ,’ बस्नेतले भने । अहिले आन्तरिक यात्रुले नै अर्थतन्त्र चलायमान बनाइरहेको समयमा अब बन्द नगर्न आग्रह गरिरहेकाले स्वास्थ्य मापदण्डलाई कडाइ गर्नुको विकल्प नभएको उनको तर्क छ । 

 दुर्गम उडान  २०२३ सम्म सर्‍यो 
पछिल्लो समय विश्वभर कोभिड–१९ प्रभावका कारण अन्तर्राष्ट्रिय पर्यटकको चहलपहल तत्काल सामान्य अवस्थामा आउन असम्भव देखिएपछि कम्पनीले विकट उडान सेवा थप एक वर्षपछाडि सारेको छ । ‘विकट गन्तव्य उडान विदेशी पर्यटकमा कमै निर्भर छ, अझै एक वर्ष विदेशी पर्यटकको आवागमन सम्भव छैन । सन् २०२२ को तार्गेट थियो, अब सन् २०२३ सेप्टेम्बरदेखि मात्र विकट उडान सेवा सुरु गर्ने योजनामा छौँ,’ प्रबन्ध निर्देशक बस्नेतले भने । कम्पनीले रामेछापको मन्थली बेस रही लुक्लातर्फ ट्विनअटर र सेस्नामध्ये एक किसिमको जहाजमार्फत सेवा दिने योजना बनाएको छ ।    

 कोभिड–१९ बीच बुद्ध एयरले अन्तरप्रदेश उडान गर्ने

कोरोना असरबीच बुद्ध एयरले तीनवटा प्रदेशका चारवटा गन्तव्यमा नियमित उडान विस्तार गर्ने भएको छ । एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा १८ वैशाखदेखि पोखरा बेस रही तीन प्रदेशमा गन्तव्य विस्तार गर्न लागेको हो ।

काठमाडौं बेस रही विभिन्न गन्तव्यमा दैनिक १ सय २० भन्दा बढी उडान गर्दै आएको कम्पनीले पोखरा बेस रही अन्तरप्रदेश उडान सुरु गर्न लागेको बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए । कम्पनीले आउँदो वैशाख १८ गते ‘मे १ तारिख’ देखि पोखरा बेस रही प्रदेश २ (सिमरा), कोसी प्रदेश (विराटनगर), लुम्बिनी प्रदेश (नेपालगन्ज), लुम्बिनी प्रदेश (भैरहवा) लगायत चारवटा गन्तव्यमा नियमित उडान सुरु गर्न लागेको हो । 

‘संघीयतालाई आत्मसात् गर्दै बुद्ध एयरले आफ्नो सेवा संघीय राजधानी काठमाडौंबाट मात्र नभई प्रदेश–प्रदेशलाई पनि जोडेको बस्नेतको भनाइ छ । पोखराबाट भैरहवा, चितवन उडान र विराटनगर–तुम्लिङटार जोडेको छ,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘यसकै अर्को कडी हो, गण्डकी प्रदेशको राजधानी पोखराबाट विभिन्न प्रदेशलाई जोड्नु, हामीले यी उडानलाई परीक्षणका रूपमा लिएका छौँ ।’

यी गन्तव्यका लागि कम्पनीले एटिआर–७२ सिरिजको जहाज उडान सञ्चालन खर्चका आधारमा भाडादर निर्धारण गरेको कम्पनीले जनाएको छ । कम्पनीले सुरुवाती चरणमा यी चार गन्तव्यमा बिच क्राफ्ट जहाजमार्फत उडान सेवा दिने योजना रहेको जनाएको छ । कम्पनीका अनुसार यात्रु माग बढेको अवस्थामा कम्पनीले निकट भविष्यमा आफूसँग भएको एटिआर–७२ सिरिजकै जहाजमार्फत नियमित उडान सेवा सुरु गर्नेछ ।   

ad
ad