मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख ५ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ५ आइतबार १६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक : समर्थन फिर्तालगायतका विषयमा छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ५ आइतबार १६:५८:oo

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । 

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी संगठनबारे कार्यदलको सुझाब र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रले अघिल्लो साता मात्रै प्रतिपक्षमा रहेका दलहरूको नेतृत्वमा नयाँ सरकार बन्ने वातावरण बने पनि नबने पनि समर्थन फिर्ता लिने बताएको थियो । आइतबार मात्रै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो साताभित्रै राजनीतिमा फेरबदल आउने अभिव्यक्ति दिएका छन् ।