१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

 चार दिनदेखि हराएका युवक मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४४:oo

चार दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन् । गोरखा नगरपालिका– ८ थाकलडाँडाका २७ वर्षीय मीनप्रसाद रोका मृत अवस्थामा भेटिएका हुन् । चैत ३१ गते राति पसल जाने भन्दै  घरबाट निस्किएका उनी त्यस दिनदेखि  बेपत्ता भएका  थिए । आफन्त र स्थानीयले खोजी गर्दासमेत उनी फेला पर्न सकेका थिएनन् ।

थाकलडाँडाकै एउटा रूखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालका अनुसार थाकलडाँडाको पाखोमा चिलाउने रूखमा तारको पासो लगाई झुन्डिएको अवस्थामा उनको शव फेला परेकाे हाे ।  

घटना भएको चार दिन भइसकेकाले शव गन्हाउने भइसकेकोसमेत उनले बताए । रोकाको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad