१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १५:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बागमतीमा कोरोना संक्रमणदर ४.५६ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:२१:oo

छिमेकी मुलुक भारतसँगै देशभर कोरोना संक्रमण पुनः बढिरहेको अवस्थामा बागमती प्रदेशमा संक्रमणदर ४.५६ प्रतिशत पुगेको छ ।  ७ प्रदेशमध्ये सबैभन्दा बढी जनसंख्या भएको बागमतीमा शुक्रबार साँझसम्म संक्रमणदर ४.५६ पुगेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार ३ हजार ९० जनाको पिसिआर परीक्षण गर्दा १ सय ४१ अर्थात् ४.५६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो ।
    
बागमतीमा हालसम्म १३ लाख ४७ हजार ९ सय ५६ को पिसिआर परीक्षण गर्दा १ लाख ५४ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका कोरोना प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । शुक्रबार थपिएका एक सय ४१ संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा एक सय १७ जना, ललितपुरमा नौजना, चितवनमा पाँचजना, काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीनजना, नुवाकोटमा दुईजना, मकवानपुर र सिन्धुपाल्चोकमा एक–एकजना संक्रमित फेला परेको सेढाईंले बताए ।

धादिङ, रसुवा, सिन्धुली, दोलखा र रामेछापमा भने शुक्रबार नयाँ संक्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक सातामा थपिएका सक्रिय संक्रमितहरू भेन्टिलेटर, आइसियू, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बसिरहेको मन्त्रालयको दाबी छ । तथ्यांकअनुसार आइसोलेसनमा एक हजार ३८ जना, संस्थागत आइसोलेसनमा एक सय १८ जना, आइसियूमा २९ र भेन्टिलेटरमा आठजना संक्रमित छन् ।

हालसम्म बागमतीका तीन लाख ९६ हजार चार सय ३९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले लक्षित गरेको ६ लाख दुई हजार ६ सय ४६ मध्ये ६५.७८ अर्थात् तीन लाख ९६ हजार चार सय ३९ जनाले खोप लगाएका हुन् । कोरोना संक्रमण बढिरहेको अवस्थामा खोप कार्यक्रमलाई निरन्तरता दिइरहेको प्रवक्ता सेढाईंले बताए ।

ad
ad