मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/सिन्ह्वा नयाँदिल्ली
२०७७ चैत १९ बिहीबार १७:४६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोनाबाट एकै दिन चार सय ५९ को मृत्यु

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा नयाँदिल्ली
२०७७ चैत १९ बिहीबार १७:४६:००

भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा चार सय ५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट चार सय ५९ जनाको मृत्यु हुनु यस वर्ष सुरु भएयताको नै सबैभन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

बुधबार कोरोनाबाट चार सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार नाै सय २७  जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।  गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजारभन्दा कम भएको थियो । जनवरी २५ र २६  का दिनमा भारतमा २४ घन्टामा कोरोना भाइरस संक्रमित संख्या करिब नाै हजार एक सय भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका दुई सय ३७ दिनहरूकाे सबभन्दा कम थियो । 

हालका केही दिनयता भारतमा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । गत २४ घन्टामा ७२ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड २२ लाख २१ हजारभन्दा बढी पुगेको छ ।

कुल संक्रमितमध्ये पाँच लाख ८४ हजार पाँच सय ६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी, कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा दश लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।