मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ चैत १९ बिहीबार ०९:४९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

ब्राजिलमा ८० प्रतिशत अस्पताल कोभिडका बिरामीले भरिए

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ चैत १९ बिहीबार ०९:४९:००

कोरोना भाइरसको पहिलो लहर चलिरहेको वेलामा ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले त्यसलाई हल्का रूपमा लिए । पहिलो चरणको कार्यक्रम नै विफल भएकै वेला कोरोनाको दोस्रो लहर चल्यो । यो दुई चरणमा चुक्दा ब्राजिलमा दिनप्रतिदिन संक्रमित र मृतक संख्या बढिरहेको हो । 

स्वास्थ्य संस्था फिओक्रुजले ब्राजिलको सबै स्वास्थ्य संयन्त्र असफल भएको जनाएको छ । यहाँका सबै अस्पतालमा ८० प्रतिशत कोभिड–१९ ले भरिएको फिओक्रुजले जनाएको छ । रियो ग्रान्डे अस्पतालका डाक्टर पेड्रोले ब्राजिलकै कारण विश्वमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । 

कोभिड–१९ को महामारीका वेला पनि राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमै उभिएका थिए । उनले लकडाउनले देशको अर्थतन्त्र धराशायी हुने अभिव्यक्ति दिँदै यसप्रति खासै चासो नदेखाएको आरोप छ । 

ब्राजिलमा कोरोनाको नयाँ प्रजाति फेला परेको वेला पनि राष्ट्रपतिले जनतालाई ‘रुने काम रोक्नुपर्ने’ जनाए । यसबाट जनता पनि उनीसँग खुसी छैनन् । राष्ट्रपतिकै खराब रणनीतिकै कारण ब्राजिलमा अहिले केवल आठ प्रतिशतले मात्र भ्याक्सिन लगाएका छन् ।