१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ चैत १४ शनिबार १०:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 तलब ठग्ने प्रअविरुद्ध अख्तियार जाने शिक्षकको चेतावनी

Read Time : < 1 मिनेट
२०७७ चैत १४ शनिबार १०:४२:००

डोल्पाको एक विद्यालयका प्रधानाध्यापकले आफूले पढाएको तलबभत्तासमेत ठगी गरेको शिक्षक प्रेमप्रकाश शुक्लाले गुनासो गरे । कपिलवस्तु स्थायी घर भएका स्थायी शिक्षक शुक्लाले काइके गाउँपालिका वडा नम्बर ७ अन्तर्गत धारापानीमा पर्ने बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश रोकायले उनान्पचास दिन बराबरको तलबभत्ता र सञ्चयकोषबापतको ६४ हजार रकम ठगी गरेको बताए ।

विद्यालयमा पढाएको तलबभत्ता,सञ्चयकोषबापतको रकम एक वर्ष बितिसक्दा पनि अझै खातामा नहालेको र उल्टै प्रअ रोकायले तपाईंले पाउने रकम विद्यालयको भौतिक संरचना निर्माणमा लगाउँछु भन्दै थर्काउने गरेको शुक्लाको गुनासो छ ।  
‘करिब १० महिनाको बसाइपछि सरुवा भयो, कपिलवस्तु गइसकेपछि पनि बाँकी पैसा हाल्न धेरैपटक अनुरोध गरेँ, तर हाल्छु भन्दै हेडसरले टार्दै आउनुभएको छ’ शुक्लाले भने ।

‘तराईबाट यति टाढा आएर पनि आफ्नो पारिश्रमिक ठगीमा परेर अन्यायमा परेको शिक्षक हुँ, धेरै पटक गाउँपालिका,वडामा गुनासो गरे तर न्याय पाइएन,अव अन्तिम विकल्प अक्तियारमा जान्छु ।’आफूले नपाएको बाँकी रकम उपलब्ध गराइदिन भन्दै केही दिनअघि मात्रै गाउँपालिका अध्यक्षलाइ निवेदनसमेत दिएको शिक्षक शुक्लाले बताए ।

शिक्षक शुक्लाले आफ्नो पारिश्रमिक बाफतको रकम उपलब्ध गराएर न्याय दिलाइदिन सम्बन्धित निकायलाई आग्रहसमेत गरे । प्रअ रोकायलाई पटक–पटक सम्पर्क गर्दासमेत उनको फोन भने उठेन ।