मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ३ सोमबार
  • Thursday, 13 August, 2026
समाचार डिजिटल संस्करण

चिकित्सा शिक्षा आयोगले दोषी देखाएकामाथि कारबाहीका लागि अख्तियारलाई पत्राचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३ सोमबार १८:४o:oo

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’मा दोषी देखाएकामाथि थप अनुसन्धान र कानुनी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।

सोमबार शिक्षामन्त्री सुमना श्रेष्ठ, शिक्षासचिव सुरेश अधिकारीलगायतको मन्त्रालययमा बसेको बैठकले सो निर्णय गरेको हो। मन्त्रालयका सचिव सुरेश अधिकारीले बैठकले आयोगको जानकारी र थप अनुसन्धानका लागि प्रतिवेदन पठाउने निर्णय गरेको बताए।

‘प्रतिवेदनमाथि थप अध्ययन र आयोगको जानकारीका लागि पठाउने निर्णय भएको छ। बाँकी कुरा आयोगले हेर्छ,’ उनले भने।

यसअघि आयोगले अध्ययन गरी तयार पारेको प्रतिवेदन लुकाइएको थियो। ६ वर्षदेखि लुकाइएको सो प्रतिवेदन शिक्षामन्त्री श्रेष्ठले चार दिनअघि सार्वजनिक गरेकी हुन्।

उनले प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही गर्ने बताउँदै आएकी छिन्। प्रतिवेदनमा एमबिबिएससहित विभिन्न तहका शुल्क तोक्नेदेखि त्रिविका उच्चपदस्थ अधिकारीलगायतमाथि कारबाहीसम्मका सिफारिस गरिएको छ।