१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उर्लाबारी नपालाई अशोक लेलैन्डको दमकल हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५७:oo

आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले उर्लाबारी नगरपालिकालाई सुविधासम्पन्न दमकल हस्तान्तरण गरेको छ । नेसनल फायर सेफ र आइएमई मोटर्सले नगरपालिकालाई दमकल हस्तान्तरण गरेको हो । 

आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राणा थापा तथा नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले नगरपालिकाका प्रमुख खड्गबहादुर फागोलाई दमकल हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

हस्तान्तरण कार्यक्रममै नगरप्रमुख फागोले आगलागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामका लागि दमकल उपयोगी सावित हुने बताए । सुविधासम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलोपटक खरिद गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो । 

ad
ad