१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ९ सोमबार ०६:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सर्वोत्तम सिमेन्टको वीरगन्ज र रौतहटमा प्राविधिक भेटघाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ९ सोमबार ०६:३३:००

सर्वोत्तम सिमेन्ट लिमिटेडले वीरगन्ज तथा रौतहटका भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार)हरूसँग गुणस्तरीय निर्माणको विषयमा छलफल गरेको छ । कम्पनीले ‘बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको’ भन्ने नाराका साथ छलफल गरेको हो । 

कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको कम्पनीले जनाएको छ । छलफलमा वीरगन्ज क्षेत्रका करिब १ सय ३० तथा रौतहट क्षेत्रका करिब ६५ ठेकेदारहरूको उपस्थिति रहेको जनाइएको छ । 

कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी नामक ब्रान्डका सिमेन्टहरू नेपालभर सर्वत्र बिक्री–वितरण गरिरहेको उनले बताए । कम्पनीका महाप्रबन्धक सुवास पाण्डेका अनुसार स्थापनाको केही समयमा नै सर्वाेत्तम सिमेन्टले आफ्नो उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिनबाट बढाई ६० हजार बोरा बनाएको छ ।