१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से ६ अंकले घट्यो, सर्वोत्तम सिमेन्टमा आज पनि गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२२:oo

साताको दोस्रो कारोबार दिन पनि नेप्सेमा गिरावट आएको छ। नेप्से ६.२६ अंकले घटेर दुई हजार १२.०७ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि घटेको छ।

तीन सय १५ कम्पनीका ७२ लाख ९० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आइतबारको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार तीन अर्ब सात करोडबराबरको सेयर खरिद–बिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन र व्यापारबाहेक सबै उपसमूहको सूचक घटेका छन्। होटेल तथा पर्यटन र व्यापार क्रमशः १.१६ प्रतिशत र ०.२० प्रतिशतले बढ्दा बाँकी सबै उपसमूह एक प्रतिशतभन्दा कमले घटेका छन्।

घटेको बजारमा गुराँस लघुवित्त र माईखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, माहुली लघुवित्त र तारागाउँ रेजेन्सी होटेलका लगानीकर्ताले क्रमशः ९.४४ प्रतिशत र ७.२५ प्रतिशत आर्जन गरेका छन्।

यता, रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशत गुमाउँदा हिमालयन हाइड्रोपावर, अप्पर लाहोरे खोला हाइड्रो र धौलागिरि लघुवित्तको सेयर मूल्य ६.२७ प्रतिशतदेखि ५.७३ प्रतिशतसम्मले घटेका छन्।

पछिल्ला दिनमा लगातार बढेको सर्वोत्तम सिमेन्टमा आज पनि गिरावट देखिएको छ। आइतबार १० प्रतिशतले घटेको यस कम्पनीको सेयर मूल्य आज ३.४४ प्रतिशतले घटेको छ।

आज कारोबार रकम र कारोबार सेयर संख्याका आधारमा सर्वोत्तम सिमेन्ट नै शीर्ष स्थानमा छ। यस कम्पनीको पाँच लाख १४ हजार कित्ता सेयर ४७ करोड २९ लाख १७ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

ad
ad