१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुक बिल्डिङमार्फत आइपिओ निष्कासन गर्दैै सर्वोत्तम सिमेन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:३१:oo

नेपालमा पहिलोपटक बुक बिल्डिङमार्फत साधारण सेयर निष्कासन हुँदै छ । आजदेखि सर्वोत्तम सिमेन्टको साधारण सेयरका लागि पहिलो चरणमा संस्थागत लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सेयर बुक बिल्डिङमार्फत निष्कासन गर्न लागेको हो । 

जसमा ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने ६० प्रतिशत अर्थात् ३६ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सेयरका लागि सुरुको बिक्री मूल्य सीमा पाँच सय एक रुपैयाँदेखि सात सय ५१ रुपैयाँ ५० पैसासम्म रहेको छ ।

योग्य संस्थागत लगानीकर्ताले बिक्री मूल्य सीमा न्यूनतम चार सय एक रुपैयाँदेखि अधिकतम ६ सय पाँच रुपैयाँ ५० पैसाभित्र रही आवेदन गर्न सक्नेछन् । निर्धारित मूल्यमा संस्थागत लगानीकर्ताले सिलबन्दी आवेदन दिन सक्नेछन् । संस्थागत योग्य लगानीकर्ताले निष्कासित धितोपत्रको २० प्रतिशतभन्दा बढी बोलकबोल गर्न नपाउने बुक बिल्डिङ निर्देशिकामा उल्लेख छ ।

संस्थागत लगानीकर्ताले तोकिएको मूल्यअनुसार दिएको सिलबन्दी आवेदनका आधारमा निश्चित मूल्य (कट अफ प्राइस) तय हुन्छ । त्यहीँ तोकिएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा पछि सर्वसाधारणलाई ३६ लाख कित्ता सेयर जारी हुनेछ । संस्थागत लगानीकर्ताले बुधबार ६ मंसिरदेखि १० मंसिरसम्म आवेदन दिन सक्नेछन् । हाल कम्पनीको संस्थागत लगानीकर्ताको संख्या एक सय ३८ रहेको छ ।

ad
ad