१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सर्वाेत्तमले १५ बेडको अस्पताल बनाइदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:४६:oo

सर्वोत्तम सिमेन्ट लिमिटेडले नवलपरासीको सुनवल नगरपालिकामा १५ बेडको अस्पताल निर्माण गरिदिने भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताल निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेको हो । 

सुनवलमा भएको कार्यक्रममा कम्पनीले करिब ४ करोड रुपैयाँको लागतमा अस्पताल निर्माणको प्रतिबद्धतापत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले नगरपालिका प्रमुख भीमबहादुर थापा क्षत्रीलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पनि उपस्थिति रहेको जनाइएको छ । 

यसका साथै सोही कार्यक्रममा कम्पनीका अध्यक्ष न्यौपानेका पिता लीलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लीलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन गरिएको कम्पनीले जनाएको छ । उक्त कक्षमा २५ बेडसहित ३ आइसियू तथा २ भेन्टिलेटरसमेतको सुविधा रहेको जनाइएको छ । दुईतले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको कम्पनीले जनाएको छ । 

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग रहेको जनाइएको छ । कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारडाका अनुसार आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी नामक ब्रान्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले हालै आफ्नो उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिनबाट बढाई ६० हजार बोरा बनाएको जनाएको छ ।

ad
ad