१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिन्धुपाल्चोक र काभ्रेमा सर्वोत्तम सिमेन्टको कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१८:oo

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लाका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार)हरूलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख ई. अभिषेक झाले ओपिसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी दिएका हुन् । 

घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन्छ भन्ने विषयमा पनि जानकारी तथा तालिम दिइएको कम्पनीले जनाएको छ । कम्पनीका ब्रान्ड म्यानेजर गोपाल शारदाले सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग भएको बताए ।

आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएकाले यसको गुणस्तरका बारेमा कसैले शंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी नामक ब्रान्डका सिमेन्टहरू देशभर बिक्री–वितरण गरिरहेको कम्पनीले जनाएको छ । 

ad
ad