१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
केदार दाहाल काठमाडाैं
२०७७ फाल्गुण २७ बिहीबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा पाँच वर्षका लागि निगमलाई नै

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७७ फाल्गुण २७ बिहीबार ०८:४०:००

निगमले वार्षिक पाँच अर्ब ग्राउन्ड ह्यान्डलिङबाट आम्दानी गर्दै आएको छ

नेपाल वायुसेवा निगमले पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको छ । नियामक निकाय तथा पर्यटन मन्त्रालयले निगमलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भन्दै नवीकरण नगर्ने जनाउ दिँदै आएको थियो । तर, अन्तिम समयमा आएर प्राधिकरणले पाँच वर्षका लागि पुनः निगमलाई नै दिएको हो । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको आर्थिक अवस्था कमजोर भएको भन्दै स्वतः समय थप गरेको प्राधिकरणले निगमलाई नै स्वतः म्याद थप गरेको हो । 

हिमालय एयरलाइन्सलाई ‘सेल्फ’ ग्राउन्ड ह्यान्डलिङ सेवामार्फत पर्यटन मन्त्रालयले ग्राउन्ड ह्यान्डलिङ सेवा निगमबाट खोस्ने कोसिस गरेको थियो । सरकारले संकटको समयमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पर्ने गरी पूर्वाधार नै खडा नगरिसकेको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिन लागिएको भन्दै निगम नेतृत्वले विरोध गर्दै आएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वटा एयरलाइन्सले उडान गर्छन् । जसमा विगतमा ४० वर्षअघिदेखि नै थाई एयरवेज र एयर इन्डियाले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् । त्यसयता दर्जनाैँ एयरलाइन्सले उडान गरे तापनि त्यसको व्यवस्थापन निगमले गर्दै आएको थियो । निगमले वार्षिक पाँच अर्ब रुपैयाँ ग्राउन्ड ह्यान्डलिङबाट आम्दानी गर्दै आएको छ । वायुयानको भूमिस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार निर्णय गरिएको भन्दै अनुमति जारी गरिएको थियो । ४० वर्षयता अन्य कुनैलाई दिनुनपर्ने, निगमले राम्रै सेवा दिइरहेको छ । 

निगमले ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त हुने आम्दानीको १५ प्रतिशत प्राधिकरणलाई दिने गरेको छ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले प्राधिकरणले ह्यान्डलिङको जिम्मा पुनः पाँच वर्षका लागि निगमलाई नै दिएको जानकारी दिए । 

यता भैरहवा र पोखरा विमानस्थलमा निगमलाई ग्राउन्ड ह्यान्डलिङको पूर्वाधार खडा गर्न प्राधिकरणले निर्देशन दिइसकेको छ । ‘दुवै विमानस्थल अहिले नै धेरै उडान हुनेछैन, कम्तीमा पाँच वर्ष घाटामा निगमको ह्यान्डलिङ जानेछ,’ पौडेलेले भने । यता नाफाको सेक्टरमा कटौती गर्ने, उता दुई विमानस्थलमा निगमले अर्बौँ लगानी गर्दै जाने भयो भने समस्या आउनेसमेत पौडेल बताउँछन् । 

प्राधिकरणले सेवालाई गुणस्तरीय बनाउन पाँच वर्षका लागि ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको समय थप गरिदिएको पौडेले बताए । ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र आधुनिक बनाउँदै लैजाने कुरामा निगम पनि प्रतिबद्ध रहेको पौडेल बताउँछन् । निगमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा बाहिर गएको अवस्थामा निगमले तत्कालको समयमा जहाज उडाएर मात्रै सेवा दिन सक्ने अवस्था नभएको समेत उनको भनाइ छ । 

प्राधिकरणले भने ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दा थप गर्नुपर्ने सवारीसाधन भने विद्युतीय मात्रै थप्नुपर्ने सर्त अगाडि छ । प्राधिकरणको सर्तअनुसार नै काम गर्ने निगमले जनाएको छ ।

निगमले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनबाट आएको कुल आम्दानीको १५ प्रतिशत रकम प्राधिकरणलाई तिर्नुपर्छ । कुल आम्दानीको ४० प्रतिशतभन्दा बढी निगमलाई फाइदा छ । निगमलाई यसअघि प्राधिकरणले बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउन्ड ह्यान्डलिङको सेवा सञ्चालनका लागि संरचना बनाउन अनुमति दिइसकेको छ ।

‘पोखरामा अहिले काम सुरु गरेका छैनौँ, तर भैरहवामा अब कहाँ कस्तो संरचना राख्ने भनेर प्राविधिक टोलीले अध्ययन गरिरहेको छ,’ पौडेलले भने । विद्युतीय सवारी राख्नुपर्ने सर्त आएकाले अब विस्तारै प्राधिकरणले ल्याउने कार्यविधिका आधारमा पुराना गाडी हटाउने जाने नीति लिएको समेत पौडेलले बताए ।