१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:५६:oo

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध १५ किलोग्राम चरेस बरामद गरेको छ। विदेश लैजाँदै गरेको सो चरेस मंगलबार बरामद गरेर आज सार्वजनिक गरिएको हो। 

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागेको एआरए एमइएक्स कुरियरको १८ वटा फोटोफ्रेमभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मंगलबार फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए। 

उनका अनुसार बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको छ। रासस 

ad
ad