१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ फाल्गुण २५ मंगलबार १०:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिंसा सहन नसकेपछि नारी दिवसकै दिन चार छोराछोरीसहित आमाले गरिन् आत्महत्या

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ फाल्गुण २५ मंगलबार १०:०५:००

दैलेखको आठबिस नगरपालिका– ३ निमायलमा एक महिलाले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसकाे दिन (हिजो) ती महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी हुन् । 

३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको प्रहरी चौकी राकमका इन्चार्ज ज्ञानबहादुर रानाले जानकारी दिए । 

‘आइतबार बेलुका ४ बजेतिर सुनिता चार छोराछोरीसहित घरबाट हिँडेको जानकारी हामीले पाएका छौँ,’ उनले भने, ‘तीमध्ये १५ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव अछामको पञ्चदेवल नगरपालिकाको टोट्केसालनजिकैको कर्णाली नदीको भंगालोमा सोमबार दिउँसो साढे २ बजेतिर फेला परेको छ ।’

दुईजनाको शव हात बाँधिएको अवस्थामा भेटिए पनि अन्य तीनजना (आमासहित छोरा ललित, छोरी रजनी) को खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सुनिताका श्रीमान् मानसिंहलाई पक्राउ गरेको छ ।

दैलेख आठबिस नगरपालिका उपप्रमुख दीपा बोहराले घरेलु हिंसाका कारण घटना भएको बताइन् । ‘घटना भएको दिनमा पनि श्रीमानले ती महिलासहित छोराछोरीलाई कुटपिट गरेको पाइएको छ,’ उनले भनिन्, ‘सधैँ मदिरा पिएर ती महिलालाई श्रीमानले कुटपिट गर्ने गरेका थिए ।’