१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वामदेव गौतमले एकता अभियानलाई सशक्त बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:५७:oo

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । गौतमनिवास भैँसेपाटीमा सोमबार बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकले नेताहरूलाई हठ त्यागेर अघि बढ्न आग्रह गरेको अभियानमा सचिव बाबुराम थापाले जानकारी दिए ।

उनका अनुसार पूर्वएमाले एकीकृत भएपछि मात्रै अभियानका नेता तथा कार्यकर्ता सम्बन्धित कमिटीको बैठकमा सहभागी हुनेछन् । ‘पार्टी एकताको पहिलो चरण भनेको अब पूर्वएमालेको एकता हो,’ थापाले भने, ‘सबैभन्दा पहिला माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग एकता हुनुपर्छ । त्यसपछि मात्र हामी बैठकमा सहभागी हुन्छौँ । सबै कम्युनिस्ट पार्टीहरू बीचमा सहकार्य गराउँदै अघि बढ्नुपर्ने निष्कर्ष हामीले निकालेका छौँ ।’

ad
ad