१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा लागुऔषधसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१o:oo

जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरी टोलीले दुईजना युवालाई छुट्टाछुटै ठाउँबाट पक्राउ गरेको हो ।

प्रहरीले बेसीसहर नगरपालिका– १ उदीपुरबाट सुनसरी बराहक्षेत्र नगरपालिका– ५ घर भई हाल सुन्दरबजार नगरपालिका– ९ स्थित मोटरसाइकल ग्यारेजमा काम गर्ने २४ वर्षीय  गणेश भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारीलाई पक्राउ गरी खानतलासी गर्दा निजको साथबाट लागुऔषध सेरेज्याक ११ थान, नोफिन ११ थान र फेनारगन ११ थान बरामद गरेको लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले बताए । 

यस्तै, प्रहरीले सुन्दरबजार नगरपालिका– ७ पाउँदीबाट दोलखा तामाकोसी गाउँपालिका– ५ घर भई हाल तनहुँको भानु नगरपालिका– १ बस्ने ३२ वर्षीय कृष्णराज गिरीलाई पक्राउ गरेको हो । 

पक्राउ परेका गिरीलाई खानतलासी गर्दा सेरेज्याक १५ थान, नोफिन १५ थान र फेनारगन १५ थान फेला पारी बरामद गरिएको प्रहरी प्रमुख डिएसपी थापाले बताए । उनीहरूलाई आइतबार जिल्ला अदालत लमजुङबाट १५ दिनको म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान अघि बढाइएको छ ।
 

ad
ad