नारायणगढ-मुग्लिन सडक बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म एक हप्ता बन्द

आइतबार, २३ फागुन, २०७७
डिजिटल संस्करण

२३ गतेदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।  

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०:३० देखि दिउँसो ३:०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनियर सविना रानाभाटकाे भनाइ छ । उनका अनुसार अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन रोकिने छन् ।     

रानाभाटका अनुसार गत असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने छ । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।

सो अवधिमा नारायणढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारीसाधनलाई शान्तिबजारमा रोकिनेछ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरूले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।     
     

 

सुझावित समाचार