१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२०७७ फाल्गुण २२ शनिबार १४:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध रूपमा मृग पाल्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
२०७७ फाल्गुण २२ शनिबार १४:२३:००

अवैध रूपमा मृग पाल्ने सोलुखुम्बुका सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले मृग पनि बरामद गरेको छ । 

प्रहरी निरीक्षक मन्दीप चौहानको कमान्डमा खटिएको प्रहरी टोलीले सोलुदूधकुण्ड नगरपालिका ११ भदौरेबाट भुजेललाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेश र मृगलाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ । 

डिभिजन वन कार्यालयले भने आवश्यक अनुसन्धान थालिएको बताएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान अघि बढाएको डिभिजन वन कार्यालयले जनाएको छ ।