१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल वायुसेवा निगमको ‘हेभी ल्यान्डिङ’ प्रकरण : अपरेसन विभाग प्रमुख जुहार्चन र सुरक्षा शाखा प्रमुख रौनियारलाई उडानमा रोक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१८:oo

८ जनवरीमा नेपाल एयरलाइन्सको जहाज हेभी ल्यान्डिङ गराउँदा डेढ महिनासम्म लुकाउन भूमिका खेलेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई विभागका पाइलटलाई ग्राउन्डेड गरेको छ । प्राधिकरणले उडान अवतरण गराउने क्याप्टेन महेश्वरमान डंगोल, को–पाइलट सुनील श्रेष्ठसहित अपरेसन विभाग प्रमुख दीपुराज जुहार्चन, उडान सुरक्षा शाखा प्रमुख राज रौनियारलाई पनि उडानमा प्रतिबन्ध लगाएको छ । 

जहाज परीक्षण नगराई यात्रुलाई जोखिममा राखेर उडान गरेको विषयमा उड्डयन प्राधिकरणले छानबिन सुरु गरिसकेको छ । एयरबस कम्पनी र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले समेत हेभी ल्यान्डिङ लुकाएको विषयमा चासो दिएपछि प्राधिकरणले छानबिन समिति गठन गरेको हो । 

प्राधिकरणले मंगलबार प्राधिकरणका सुरक्षा महाशाखाका पूर्वप्रमुख भेषराज सुवेदीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । यता निगम व्यवस्थापनले एयरबसले पत्र काटेपछि मात्रै २१ फेब्रुअरीमा क्याप्टेन वाइके भट्टराई र क्याप्टेन विजय लामासहित चार सदस्यीय आन्तरिक छानबिन समिति गठन गरेको हो । निगम व्यवस्थापनले यस विषयमा कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेको छ । 

निगमको एन९–एएलजेड कलसाइन भएको एयरबस–३३० मकालु नामक जहाज गत ८ जनवरीमा दोहा–काठमाडौं अवतरणका क्रममा हेभी ल्यान्डिङ गरेको थियो । सो जहाज क्याप्टेन महेश्वरमान डंगोल र को–पाइलट सुनील श्रेष्ठले उडान भरेका थिए । हेभी ल्यान्डिङपछि जहाजलाई परीक्षणमा पठाउनुपर्नेमा त्यसो नगरी एक महिनासम्म नियमित उडान गरिएको थियो । त्यस अवधिमा सो जहाजले ६० वटा उडान तथ्य नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेको थियो । 

जहाज ‘हेभी ल्यान्डिङ’ भएको डेढ महिनासम्म निगम व्यवस्थापन मौन बसेको मात्रै नभई त्यसैमार्फत उडानसमेत गरेर यात्रुलाई जोखिममा राखेर उडान अवतरण गराएको गम्भीर तथ्य सार्वजनिक भएको थियो । ‘हेभी ल्यान्डिङ’ भइसकेपछि जहाजको सम्पूर्ण चेकजाँच गरेर मात्रै उडान गर्नुपर्नेमा धमाधम उडान गरिरहेको तथ्य खुलेको थियो । ‘हेभी ल्यान्डिङ’ भइसकेपछि जहाज र पाइलटलाई ग्राउन्डेड गरेर समस्याको पहिचान गरेर मात्रै उडान सुचारु गर्नुपर्नेमा डेढ महिनासम्म धमाधम उडान गरिरहेको पाइएको थियो । 

सामान्य अवतरणका क्रममा १ जी अर्थात् प्रतिसेकेन्ड ९.८ मिटरको गतिमा जहाज तल झर्ने गर्छ । तर, सो दिन २.४२ जी अर्थात् २२ मिटर पर सेकेन्डको गतिमा जहाज अवतरण गरेको पाइएको थियो । २१ फेब्रुअरीमा जहाज निर्माता कम्पनी एयरबसले जहाजमा समस्या आएको जानकारी निगमको उडान सुरक्षा शाखामा गराएपछि मात्रै जहाज र पाइलटलाई ग्राउन्डेड गरिएको थियो । साथै, निगम व्यवस्थापनले डेढ महिनापछि आन्तरिक छानबिन समितिसमेत गठन गरेको थियो । 

ad
ad