१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकार र विप्लव पक्षबीच बालुवाटारमा औपचारिक वार्ता जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:५७:oo

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा औपचारिक वार्ता सुरु भएको छ ।

दुवै वार्ता टोलीबीच केहीबेर अघिदेखि छलफल सुरु भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । मंगलबार वार्ता टोली सार्वजनिक गरेका दुवै पक्षबीच बिहानैदेखि अनौपचारिक छलफलपश्चात् वार्ता  सुरु भएको हो ।

वार्ताका लागि प्रकाण्ड नेतृत्वको नेकपाको टोली  मंगलबार काठमाडौं आइपुगेको थियो । सरकारी वार्ता टोलीमा संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य छन् भने नेकपाकाे वार्ता टोलीमा संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्ड  र उदय चलाउने  सदस्य छन् ।
 

ad
ad