१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सातामा दुई दिन पोखरा–नेपालगन्ज सीधा उडान, भाडा ५ हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o५:oo

पर्यटकीय नगरी पोखरा र व्यापारिक सहर नेपालगन्ज सीधा हवाई सञ्जालमा जोडिएका छन् । निजी क्षेत्रको वायुसेवा कम्पनी सीता एयरले दुई सहर जोड्ने गरी हवाई उडान सुरु गरेको हो । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स नाटा गण्डकी प्रदेश र नाटा बाँकेको अगुवाइमा दुई सहर जोड्ने गरी हवाई सेवा सुरु गरिएको हो । 

हप्ताको दुई दिन आइतबार र शुक्रबार उडान भर्ने एयरले जनाएको छ । अहिले एकतर्फी उडानको ५ हजार भाडा तोकिएको छ । भारतीय नाका रुपैडियासँग जोडिएको नेपालगन्ज हुँदै नेपाल भित्रिने भारतीयसँगै अन्य देशका पर्यटकलाई सीधा उडानमार्फत पोखरा ल्याउन अब सहज हुने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । त्यस्तै, पोखरा आएका पर्यटकलाई नेपालगन्ज भित्र्याउन पनि उडानले सहयोग गर्ने व्यवसायीहरूको भनाइ छ ।  

दुई सहर जोड्ने पहिलो उडानमार्फत नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाको नेतृत्वमा नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलसँगै पर्यटन व्यवसायी, पत्रकार र अन्य गरी १८ जनाको टोली शुक्रबार पोखरा आएको थियो । टोलीलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नाटा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देललगायत पोखराका पर्यटन व्यवसायीले पोखरा आएको टोलीलाई स्वागत गरेका थिए । 

ad
ad