१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ८ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका विराटनगर
२o७७ फाल्गुण ८ शनिबार १६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपराष्ट्रपति र सभामुखविरुद्ध सार्वजनिक रूपमै बोले प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७७ फाल्गुण ८ शनिबार १६:५८:oo

प्रधानमन्त्री केपी ओलीले उपराष्ट्रपति र सभामुखविरुद्ध सार्वजनिक रूपमै बोलेका छन् । नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभामा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति र सभामुखविरुद्ध बोलेका हुन् ।

ओलीले भनेका छन्, ‘उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न चाहन्छु– उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ ? उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुस् ।’

ओलीले सभामुख झगडिया बनेको र किर्ते सनाखत गरेको आरोप लगाए । ओलीले भने ‘सभामुख बनाइएको थियो एकजनालाई, उहाँ सरकारको विरुद्धमा मुद्दा हाल्न जानुभएको छ । सरकारविरोधी झगडिया हो सभामुख । सभामुखले झगडिया हुन सुहाउँछ ? सभामुख चुनेको झगडिया हुनका लागि हो ? तर, उहाँ झगडिया हुन जानुभएको छ । उहाँले किर्ते सनाखत गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ ? साढे तीन बजे दर्ता गर्न लागेको कुरालाई १०ः४० मा ल्याएका थिए भने भनेर सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ सभामुखजस्तो पदका लागि ?’

ओलीले जुनसुकै प्रजातान्त्रिक देशमा पनि प्रधानमन्त्रीले संसद् भंग गर्न सक्ने बताए ।