Skip This
कोभिड– १९ खोपको देशव्यापी कार्यतालिका सार्वजनिक गर्न कांग्रेसको माग (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ६ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण ६ बिहीबार १७:२७:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोभिड– १९ खोपको देशव्यापी कार्यतालिका सार्वजनिक गर्न कांग्रेसको माग (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ६ बिहीबार १७:२७:oo

कांग्रेसले कोभिड– १९ विरुद्धको खोपको प्रभावकारिता सुनिश्चित गर्ने सबै उपायका साथै खोप कार्यक्रमको देशव्यापी कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । कांग्रेसले खोप प्राप्त गर्ने जनसंख्याको प्राथमिकताक्रमको विस्तृत विवरण सार्वजनिक गर्न माग गरेको हो ।

कांग्रेस सहमहामन्त्री तथा कोभिड– १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कोभिड– १९ विरुद्धको खोपको कार्यतालिका र सबै नागरिकले खोप पाउने कार्यको सुनिश्चितता गर्न माग गरे । ‘आमजनतालाई सहज रूपमा खोप पहुँचमा ल्याउन निःशुल्क खोप पुर्‍याउन पनि माग गर्दछु,’ महतले भने । 

कांग्रेसले कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिन आवश्यक पर्ने सम्पूर्ण उपाय अपनाउनसमेत सरकारसँग माग गरेको छ । ‘सरकारको चरम उदासीनता र लापरबाहीका बाबजुद कोभिड– १९ को प्रभाव समाजमा कम हुँदै गएको देखिए पनि अझै यसको प्रकोप समाप्त भएको छैन । यसमाथि अन्य देशहरूमा देखा परेको गम्भीर प्रकृतिको कोभिड– १९ नेपालमा प्रवेश गर्न सक्ने सम्भावनाप्रति सरकार गम्भीर देखिएको छैन,’ महतले भने, ‘कोभिडको नयाँ भेरियन्ट नेपालमा प्रवेश हुन नदिन आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न कांग्रेस सरकारसँग माग गर्दछ ।’

उनले कोभिड– १९ विरुद्ध आमजनतालाई खोप लगाई स्थायी रूपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्ययोजना नल्याएको आरोप लगाए । ‘सरकारको आफ्नो कार्यतालिका त छैन नै, छिमेकी राष्ट्र भारतबाट सहयोगस्वरूप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गरिएको छैन । खोपको विश्वासनीयताबारे यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउनेबारे जनआशंका पनि कम भएको छैन,’ डा. महतले भनेका छन्, ‘बरु खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाढिएका खबरहरू आएका छन् ।’ 

कांग्रेसले भविष्यमा पनि अन्य देश र संस्थाहरूबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकताअनुरूप खरिद गरी खोप ल्याउन डब्लुएचओको मापदण्ड पूरा गरेका खोपहरूलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग माग गरेको छ । ‘सरकारले कोभिडको महामारीलाई लापरबाहीको रूपमा लियो, राहत र स्वास्थ्य सामग्री उपकरणको खरिदमा भ्रष्टाचारभन्दा बाहेक केही भएन,’ महतले भने, ‘सरकारले भ्रष्टाचारलाई दैनिकी बनाएको छ ।’