मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ फाल्गुण ६ बिहीबार ०७:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कर्णालीका नौ जिल्ला  कोरोना संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ फाल्गुण ६ बिहीबार ०७:०८:००

कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्ला कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णाली प्रदेशका दश जिल्लामध्ये सुर्खेतबाहेक अन्य जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । 

सोमबार कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अन्य जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुर्खेतमा २७ जना कोरोना संक्रमित रहेको र संक्रमितमध्ये प्रदेश अस्पतालमा तीनजना र होम आइसोलेसनमा २४ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यस्तै, कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण सुर्खेतमा १७, दैलेखमा सात, सल्यानमा एक, रुकुम पश्चिममा एक, कालिकोटमा एक, डोल्पामा एक, अन्य प्रदेशका तीनजना गरेर ३१ जनाले ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये पुरुष २२ र महिला नौजना महिला रहेका छन् ।