१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ फाल्गुण ५ बुधबार ०६:३६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पत्रकार जोशीको परिवारलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ५ बुधबार ०६:३६:००

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंहले जेपी जोशी स्मृति पत्रकारिता पुरस्कारबाट प्राप्त रकम स्वर्गीय पत्रकार जेपी जोशीका परिवारलाई प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्वर्गीय पत्रकार जेपी जोशीको नाममा स्थापित १२ हजार रुपैयाँ पुरस्कार राशिको ‘जेपी जोशी स्मृति पत्रकार पुरस्कार’बाट अध्यक्ष सिंहलाई सम्मान गरेको थियो ।

पत्रकार सिंहले सम्मानस्वरूप आफूले पाएको रकम कैलालीको गोदावरी नगरपालिका–३, मालाखेतीस्थित स्वर्गीय जोशीको घरमा गएर उनको परिवारलाई हस्तान्तरण गरेका हुन् । थोरै भए पनि सहयोग पुगोस् भनेर पुरस्कारस्वरूप प्राप्त रकम जोशीको परिवारलाई दिइएको सिंहले बताए ।

‘आर्थिक अवस्था कमजोर भएका कारण स्वर्गीय पत्रकार जेपी जोशीको परिवार निकै समस्यामा रहेको थाहा पाएपछि थोरै भए पनि राहत होला भनेर प्राप्त रकम सहयोग गरेको हुँ,’ पत्रकार सिंहले भने ।

धनगढीमा कार्यरत पत्रकार जोशी २२ असोज ०६५ मा बेपत्ता भएका थिए । सोही वर्ष १३ मंसिरमा मालाखेती जंगलमा उनको शव फेला परेको थियो । स्वर्गीय पत्रकार जोशीका श्रीमती र दुई छोरी छन् । जेठी छोरी पूजा कक्षा १० मा र गीता कक्षा ६ मा अत्तरियास्थित एभरेस्ट बोर्डिङ स्कुुलमा अध्ययनरत छन् ।

आर्थिक अभावले छोरीहरूलाई पढाउन समस्या भएको जेपीकी श्रीमती वसन्तीले दुखेसो गरिन् । पाँच वर्षसम्म पत्रकार महासंघले पढाउन सहयोग गरेको भए पनि डेढ वर्षयता कतैबाट सहयोग नपाउँदा विद्यालयको शुल्कसमेत तिर्न नसकेको उनले बताइन् । ‘छोरीहरू पाल्न समस्या भएको छ । विद्यालयले पटक–पटक शुल्क तिर्न भनेको छ, तर शुल्क तिर्न सकेको छैन,’ वसन्तीले भनिन् । जोशीको घर पुुगेका पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले छोरीहरू पढाउन पत्रकार महासंघ तथा अन्य निकायसँग पहल गर्ने बताए ।